प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति, नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन माग
१७ जेठ, काठमाडौं । नेपालले पनि भारतको जमिन मिचेको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ।
प्रधानमन्त्रीले आज सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको बताएका थिए ।कांग्रेकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् ।
‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो । उनले भनिन्, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् ।’
प्रकाशित मिति : May 31, 2026 at 3:21 pm









