१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभा बैठक स्थगित

१७ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबार बिहान सवा ११ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकमा शून्य समय चल्यो । केही सांसदहरूले आफ्ना धारणा राखे । त्यसपछि सभाध्यक्ष नारायाण दाहालले विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे ।

आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ ।

उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

प्रकाशित मिति : May 31, 2026 at 1:02 pm