१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

करको नाममा कमिसन कुम्ल्याएको आरोपमा अर्थमन्त्रीको मुख खुल्यो

१६ जेठ, काठमाडौँ । करको नाममा कमिसन कुम्ल्याएको आरोपमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सचिवालय मार्फत आफ्नो धारणा प्रस्ट पारेका छन । मन्त्रीका जनसम्पर्क सल्लाहकार नविन ढुंगानाले मन्त्रीको सचिवालयको सूचना प्रवाह गर्ने ग्रुप मार्फत यस विषमा प्रष्ट पार्ने कोशिश गरेका हुन ।

यस्तो छ वाग्लेको सचिवालका तर्फबाट ढुंगानाले राखेको धारणा

केही सञ्चार माध्ययममा आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ। आर्थिक विद्येयकमा भन्सार ऐन सम्बन्धी प्रावधानमा प्रष्टसँग ८७.०३.८० मा पर्ने विद्युतीय सवारीमा २० प्रतिशत भन्सार महसुल (भारत वा तेस्रो मुलुक दुवैबाट पैठारी हुने) को प्रावधान गरेको छ।

त्यसैगरी दफा ११ को उपदफा (१) सँग सम्बन्धित अनुसूची-३ मा स्वच्छ पूर्वाधार लगानी शुल्क सम्बन्धि व्यवस्था रहेको छ। प्रकरण १ मा प्रष्टसँग ८७.०३.८० मा पर्ने विद्युतीय सवारीमा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरेको छ। अन्य कुनै प्रकरणमा व्यवस्था नभएको खण्डमा स्वत: प्रकरण १ कायम हुने नै हुन्छ।

तसर्थ, २० लाख देखि ३० लाख कारोबार मूल्य भएका विद्युतीय सवारीमा लाग्ने कर २० प्रतिशत भन्सार तथा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था प्रस्ट नै हुने भयो।

त्यसबाहेक, प्रकरण २ मा अन्य कारोबार मूल्यका लागि स्वच्छ पूर्वाधार लगानी शुल्कको व्यवस्था थप परिमार्जन गरिएको छ।
१. २० लाख सम्म: २.५% स्वच्छ पूर्वाधार लगानी शुल्क
२. ३० लाख भन्दा बढी ४० लाख सम्म: थप १५% (२०%‍‌‌‍‍‍‍+ १५%) ‍= ३५%
३. ४० लाख भन्दा बढी ५० लाख सम्म: थप ७०% (२०%‍‌‌‍‍‍‍+७०%) ‍= ९०%
४. ५० लाख भन्दा बढी : थप ११०% (२०%‍‌‌‍‍‍‍+११०%) ‍= १३०%

२० लाख भन्दा बढी ३० लाख सम्मको विषयमा प्रकरणमा नभएको हुनाले स्वत: २०% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने

नीतिगत विषयहरूमा जनतालाई सुसूचित गरिरहनु भएका सञ्चार माध्यमले यस्ता संवेदनशील विषयमा तथ्यपरक विषयहरु मात्र प्रकाशन गर्नुहुन अनुरोछ छ।

प्रकाशित मिति : May 30, 2026 at 1:41 pm