१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

एमालेले संगठन बलियो बनाउन पार्टी परित्याग गरेकालाई पनि जिम्मेवारी दियो

१६ जेठ, काठमाडाैँ । नेकपा एमालेले संगठन बलियो बनाउन भन्दै नेताहरूको कार्यविभाजन गरेको छ । एमालेको कार्यविभाजन अनुसार पार्टी परित्याग गरेकाहरूले पनि महत्वपूर्ण जिम्मेवारी पाएका छन । एमालेले संगठन मजबुद बनाउने अभियान अन्तर्गत पार्टी परित्याग गरेकालाई पनि दुईवटासम्म जिम्मेवरी दिइएको महासचिव निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनले उमाशंकर अरगरियाले प्राप्त गरेको जिम्मेवारी पनि सोही अनुसारको रहेको दाबी गरे । एमालेको अपानि अनुसार उमाशंकरले धनुषाको सहिदभूमि नगरपालिकामा जिम्मेवारी पाएका छन भने मिसन पार्टी जागरण अभियानअन्तर्गत धनुषाको जिम्मेवारी पाएका छन ।

केही दिनअघि पार्टी परित्याग गरेका केन्द्रीय सदस्य अरगरियाले पार्टीमा इमानदार कार्यकर्ताको सम्मान हुन छाडेको आरोप लगाउँदै परित्यागको घोषणा गरेका थिए ।

प्रकाशित मिति : May 30, 2026 at 12:56 pm