१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

स्टार्टअप उद्यमीलाई सरकारले सहुलियत ऋणसँगै अनुदान दिने

१५ जेठ, काठमाडाैं । सरकारले स्टार्टअपहरुलाई ऋणसँगै अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले  स्टार्टअपहरूलाई ऋणमा मात्र सीमित नराखी सुरुआती चरणमा अनुदान, त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पुँजी लगानीको व्यवस्था गरिने बताए ।  साथै, यसमा गैरआवासीय नेपालीहरूको सह–लगानीलाई पनि प्रोत्साहन गरिने भएको छ  ।

प्रकाशित मिति : May 29, 2026 at 6:30 pm