स्वास्थ्य क्षेत्रमा करिब १ खर्ब दुई अर्ब बजेट विनियोजन
१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष २०८३/८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड विनियोजन गरिएको छ ।सङ्घीय संसद्को सयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन गरेको छ । विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रममा लागि रु १३ अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा वाग्लेले बताए ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा ‘टेलिमेडिसिन’ सेवा विस्तार गरिने छ । ‘भिडियो कल्सल्टेसन’ मार्फत विशेष स्वास्थ्य सेवा सुनिश्चित गर्ने मन्त्री डा वाग्लेले उल्लेख गरे ।
प्रकाशित मिति : May 29, 2026 at 6:07 pm









