आगामी आर्थिक वर्षकाे बजेटः ३१ सरकारी निकाय खारेज, ६ वटा मर्जर
१५ जेठ, काठमाडाैँ । सरकारले विभिन्न ३१ सरकारी निकाय खारेज गर्ने भएको छ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।

उनले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने घाेषणा गरे । कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताए।
उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताए।
प्रकाशित मिति : May 29, 2026 at 4:57 pm









