१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

पूँजीगत लाभकर अब अन्तिम कर

१५ जेठ, काठमाडौं। सरकारले पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा रहने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यो व्यवस्थासँगै सेयर किनबेचबाट नाफा कमाएका लगानीकर्ताले तिरेको पूँजीगत लाभकरलाई पुनः आय विवरणमा समायोजन गर्नुपर्ने वा थप कर गणनाको दायरामा राख्नुपर्ने अन्योल अन्त्य हुने भएको छ।

उनले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक उत्पादनको शिथिलता, उत्पादनशिल क्षेत्रमा न्युन लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतिको रुपमा रहे पनि सरकारले सोहीअनुसार काम गर्ने बताए ।

प्रकाशित मिति : May 29, 2026 at 4:37 pm