मानव अधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले माग्यो सरकारको धारणा
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको धारणा माग गरेको छ। आज बसेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी आयोगको प्रतिवेदनप्रति पार्टीको धारणा माग गर्दै सरकारको धारणा माग गरेका हुन् ।
सुशीला कार्की सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ। साथै जेनजी आन्दोलनबारे सरकारले नै अनुसन्धान प्रारम्भ गर्नुपर्ने कांग्रेसको भनाइ छ।
‘हामी स्मरण गराउन चाहन्छौँ, विगतको सरकारले भदौ २३-२४ गते भएको आन्दोलनको जाँचबुझ गरी सत्यतथ्य पत्ता लगाउन गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको हामीले भनेका थियौँ, यसलाई राष्ट्रिय मानव अधिकार आयोगको यो प्रतिवेदनले समेत अपर्याप्त देखाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय मानव अधिकार आयोगले स्वयं जाँचबुझ आयोगकै अध्यक्षमाथि दोष देखाएको र निजमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेकोले कार्की आयोगको प्रतिवेदन निष्पक्ष हुने देखिएन र कार्की आयोगको प्रतिवेदन आम चुनाव हुनुपूर्व सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको हाम्रो शङ्कालाई बल पुर्याएको छ ।’

प्रकाशित मिति : May 28, 2026 at 3:06 pm









