२१७ हस्पिटललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ३ करोड भुक्तानी
१४ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ बीमा कार्यक्रममा आबद्ध २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब बढी भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ भुक्तानी गरेको हो।
स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयअनुसार हाललाई स्वीकृत भएको रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा भुक्तानी पठाइएको बोर्डले उल्लेख गरेको छ ।






प्रकाशित मिति : May 28, 2026 at 11:00 am









