हिमाल दोलखा हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, यस्ता छन् प्रस्ताव
१४ जेठ, काठमाडौं। हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार ४ गते काठमाडौंको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान १० बजे कम्पनीको १७ औं र १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ जेठ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : May 28, 2026 at 9:23 am









