१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

हिमाल दोलखा हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, यस्ता छन् प्रस्ताव

१४ जेठ, काठमाडौं। हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ ।  जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार ४ गते काठमाडौंको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान १० बजे कम्पनीको १७ औं र १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

 उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ जेठ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : May 28, 2026 at 9:23 am