१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा

१३ जेठ, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको र  १६ वटा नोक्सानीमा रहेकाे पाइएको छ । बाँकी २ वटा संस्थान बन्द अवस्थामा छन् । अघिल्लो वर्ष नाफामा रहेका संस्थानको संख्या २८ थियो । १५ वटा नोक्सानी र २ वटा घाटामा थिए ।

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसमा पेश गरेको सार्वजनिक संस्थानको प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

सार्वजनिक ऋणको भार पनि बढ्दै गएको छ । २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ ।

प्रकाशित मिति : May 27, 2026 at 1:57 pm