सांसद साहको कटाक्षः सरकारले कर युरोपको जस्तो लिन्छ, सुविधा सोमालियाको जस्तो दिन्छ
१३ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले सरकारले नागरिकसँग ट्याक्स (कर) युरोपको जस्तो लिने र सुविधा सोमालियाको जस्ते दिएको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले ट्याक्स र सुविधामा मतैक्यता नभएको बताएका हुन् । ‘दुःखका साथ भन्नु पर्ने भएको छ, अहिलेको सरकारले ट्याक्स युरोपको जस्तो लिइरहेको छ, सुविधा भने सोमालियाको जस्तो दिँदै आएको छ,’ सांसद साहले भने ।
उनले प्रजाको सुखमा सरकारको भलाइ हुने भन्दै सरकारले अहिले वार्षिक ५ लाखसम्मको कमाइमा लिँदै आएको १ प्रतिशत करसम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग गरे । ‘५ लाखसम्मको वार्षिक कर्माइमा १ प्रतिशत करको व्यवस्था छ । त्यो बढाएर यही बजेटबाट १० देखि १२ लाखसम्म गरियोस्,’ साहले भने ।
प्रकाशित मिति : May 27, 2026 at 1:23 pm









