१० असार २०८३, बुधबार | Wed Jun 24 2026

निजी अस्पतालमा सरकारी स्वास्थ्य बीमाले काम नगर्ने, बीमित लुट्दै सरकार

१३ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ। स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको हाे ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना जारी गर्दै जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गरिएको उल्लेख गरेकी हुन्।

बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै बोर्डले जेठ ११ गतेको बैठकबाट निजी अस्पतालहरूमा आकसम्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। बीमितलाइ एक वर्षका लागि बीमको कार्यक्रम बेचेर सरकारले तीन पटक नीति परिवर्तन गरी लुट्ने काम गरेको भन्दै आलोचना सुरू भएको छ ।

Screenshot

प्रकाशित मिति : May 27, 2026 at 11:28 am