१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

१३ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.६० अंकले बढेर २७७७.७१ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ५६ स्टकको ९२ पटकको कारोबारमा २४ लाख ७० हजार ७९३ रुपैयाँबराबरको ४ हजार १७० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 27, 2026 at 10:57 am