रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि असारमा सकिने
१३ जेठ, काठमाडाैं। रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको सेयको लकइन अवधि असारमा सकिंदैछ। कम्पनीको सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५७ हजार ७९८ कित्ता सेयरको लक इन अवधि असार १८ गते समाप्त हुन लागेको हो ।
कम्पनीको आईपीओ बाँडफाँड २०८२ पुस १८ गते समाप्त भएका थियो । कम्पनीले सर्वसाधारणलाई जारी गरेको आईपीओ बाँडफाँड गरेको मितिले ६ महिनासम्म सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयर लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुरुप कम्पनीको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : May 27, 2026 at 10:06 am









