जगदीश खरेलको अभिव्यक्ति हटाउन नेकपाको माग
१२ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले व्यक्त गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले खरेलले अपमानजनक र असंसदीय शब्दको प्रयोग गरेको बताएका छन् । ‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित गर्नुभएको छ, तमासा देखाएको भन्ने । त्यो शब्द अपमानजनक छ, असंसदीय छ, संसदीय रेकर्डबाट हटाइयोस्’ सांसद मल्लले भने ।
उनले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्नु तमासा देखाएको हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रकाशित मिति : May 26, 2026 at 5:20 pm









