१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

रास्वपालाई एमालेको प्रश्नः प्रधानमन्त्रीलाई खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गर्दै हो ?

१२ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसदप्रति जबाफदेही नभएको बताए।

उनले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले यो सदनलाई किन बेवास्ता गर्न खोजिरहनुभएको छ, झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ ? खोपीको देउता बन्दै हुनुहुन्छ ? म सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु- प्रधानमन्त्री वालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गर्दै हो ? ’

सांसद महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा जवाफ दिनुपर्ने बताए । उनले प्रश्न गर्दै भने, ‘संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’

प्रकाशित मिति : May 26, 2026 at 2:57 pm