१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

उच्च अदालतले माग्यो लालीबजार फिल्मको सफ्टकपी

१२ जेठ, काठमाडौं । उच्च अदालत पाटनले लालीबजार फिल्मको सफ्टकपी मागेको छ। मंगलबार न्यायाधीशहरू स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको इजलासले लालीबजार फिल्मको सफ्टकपी देखाएर फिर्ता लैजाने गरी षड्कोण आर्ट्सबाट झिकाउन आदेश दिएको छ।

यो फिल्म बुधबार बस्ने इजलासमा देखाउन भनिएको हो। यसअघि जेठ १ गते सर्वोच्च अदालतले उक्त फिल्म हेरेर निर्णय लिन उच्च अदालतको नाममा आदेश दिएको थियो।

उक्त आदेश पछि रोसनी नेपालीले फेरि उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्। रोशनी वादीले फिल्मले वादी समुदायको मर्यादामा आँच पुर्‍याएको दावी गर्दैै अदालतमा रिट दायर गरेकी थिइन् । षट्कोण आर्ट्सको फिल्म ‘लालीबजार’ अहिले हलमा प्रदर्शन भैरहेको छ ।

प्रकाशित मिति : May 26, 2026 at 2:30 pm