१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन, अब कहिलेदेखि दिन सकिन्छ आवेदन ?

१२ जेठ, काठमाडाैं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको आईपीओमा आवेदन दिने मिति परिवर्तन गरेको छ। नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो।

कम्पनीले अब जेठ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : May 26, 2026 at 10:01 am