१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

छुट्ला है ! साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि यही जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । यसको अर्थ जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ९।५० प्रतिशत बोनस सेयर र ०।५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांशको घोषणा गरेको छ ।

आगामी जेठ २९ गते काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीको ५९ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : May 26, 2026 at 9:28 am