नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो
११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साेमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार २३५ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ भने २८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । सोमबार आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयर सर्वाधिक ९.०१ प्रतिशतले बढेको छ । बुंगल हाइड्रोको सेयर मूल्य यस दिन सर्वाधिक १०.३२ प्रतिशत घटेको छ।
प्रकाशित मिति : May 25, 2026 at 3:28 pm









