११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

११ जेठ, काठमाडौं। सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् ।

बैंकको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीईओ केसी यसअघि सोही बैंकमा डेपुटी सीईओका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : May 25, 2026 at 11:32 am