स्वाभिमान लघुवित्तद्वारा पूर्व घोषित लाभांश रद्द, सेयरधनीको हात खाली
११ जेठ, काठमाडाैं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको लाभांश पूर्ण रूपमा रद्द गरेको छ।
संस्थाको ११४औं सञ्चालक समितिको बैठकले यसअघि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र वितरण हुने शर्तसहित सार्वजनिक गरिएको थियो।
तर, पछिल्ला वित्तीय समायोजन, नियामकीय व्यवस्था तथा वित्तीय सूचकहरू सुधार गर्ने आवश्यकताका कारण उक्त प्रस्तावित लाभांश कायम राख्न नसकिने अवस्था सिर्जना भएको संस्थाले जनाएको छ।
प्रचलित नीति नियम तथा सरोकारवालाहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै साविकको लाभांश प्रस्तावलाई परिमार्जन गरी आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै पनि लाभांश (बोनस शेयर तथा नगद लाभांश) वितरण नगर्ने निर्णय भएको कम्पनी जनाएकाे छ ।

प्रकाशित मिति : May 25, 2026 at 10:45 am









