बुद्धभुमी नेपाल हाईड्रोपावरकी सञ्चालक भट्टराईले दिइन् राजीनामा
११ जेठ, काठमाडाैं। बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक इल्या दिक्षित भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आफ्नो व्यक्तिगत तथा पारिवारिक कारणले जनाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।

उनको राजीनामा गत वैशाख ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेलाई पठाएको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : May 25, 2026 at 10:29 am









