निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ४० अर्ब २९ करोड बीमा शुल्क, कुनको कति ?
१० जेठ, काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीले ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
यो बीमा शुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा १४.८१ प्रतिशत बढी हो । गत आवको १० महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेकाे छ । सो अवधिसम्म कम्पनीले कुल ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १०.९० प्रतिशत बढी हो ।
त्यस्तै,हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमा ब्यवसाय ४२.०५ प्रतिशतले बढेर चार अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.३७ प्रतिशतले बढेर चार अर्ब २५ करोड रुपैयाँ पुगेको प्राधिकरणको तथ्याङमा उल्लेख गरेको छ ।
साथै, याे अवधिमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा शुल्क आर्जन १६.३६ प्रतिशतले बढेर तीन अर्ब ५१ करोड, सिद्धार्थ प्रिमियरको ०.४२ प्रतिशतले बढेर तीन अर्ब ४९ करोड, एनएलजि इन्स्योरेन्सको ४२.०४ प्रतिशतले बढेर तीन अर्ब ४४ करोड, नेको इन्स्योरेन्सको ११.७० प्रतिशतले बढेर तीन अर्ब एक करोड, द ओरियन्टलको १४.६२ प्रतिशतले बढेर दुइर्अ अर्ब ५८ करोड र युनाइटेड अजोडको १८.३१ प्रतिशतले बढेर दुई अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा सानिमा जिआईसीको बीमा शुल्क आर्जन १२.७१ प्रतिशतले बढेर दुई अर्ब ३६ करोड, नेपाल इन्स्योरेन्सको ७.५४ प्रतिशतले बढेर एक अर्ब ८१ करोड, प्रभु इन्स्योरेन्सको ४.४० प्रतिशतले बढेर एक अर्ब ४९ करोड, राष्ट्रिय बीमा कम्पनीको २.१४ प्रतिशतले बढेर एक अर्ब १८ करोड र नेशनल इन्स्योरेन्सको १४.४७ प्रतिशतले बढेर एक अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : May 24, 2026 at 2:20 pm









