एक कम्पनीको ९.५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा
१० जेठ, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हाे ।
कम्पनीको गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत मिलाइसकेकाे छ ।
कम्पनीका अनुसार गत पुस १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको छ। सो मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा भने क्रमशः बोनस सेयर खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : May 24, 2026 at 10:17 am









