ह्वाइट हाउसनजिकै गोली चल्यो
१० जेठ, काठमाडाैं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ। शनिबार साँझ ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चेकपोस्टमा एक बन्दुकधारीले गोली चलाएका हुन्।
गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन्। सेक्रेट सर्भिसका अनुसार शनिबार साँझ ६ बजे (स्थानीय समयअनुसार) तिर १७ औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए।
घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए। घटनालगत्तै ह्वाइट हाउसलाई केही समयका लागि ‘लकडाउन’ गरिएको थियो।
घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। तर उनको अवस्था कस्तो छ भन्ने स्पष्ट भइसकेको छैन। सुरक्षा निकायका तर्फबाट भने कोही पनि घाइते नभएको बताइएको छ ।
प्रकाशित मिति : May 24, 2026 at 10:00 am









