९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

एमाले सचिवालय बैठक सकियो, यस्तो आयो निर्णय

९ वैशाख, काठमाडाैँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक भरखरै सकिएको हो ।

आजको बैठकमा महासचिव शंकर पोखरेल साथै तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भोलि पुन: ४ जना सचिवले धारणा राख्ने र प्रस्तावित एजेन्डामा अघि बढ्ने पनि उनले जानकारी गराए । भोलि बाँकी ४ जना सचिवले कुरा राखेपछि प्रस्तावित ११ वटा एजेण्डामा  छलफल हुने उनले जानकारी दिए ।

बैठकको बीचमा अध्यक्ष ओलीले दिशानिर्देशन गर्ने काम पनि भएको उनले बताए ।

प्रकाशित मिति : May 23, 2026 at 6:38 pm