एमाले सचिवालय बैठक सकियो, यस्तो आयो निर्णय
९ वैशाख, काठमाडाैँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक भरखरै सकिएको हो ।
आजको बैठकमा महासचिव शंकर पोखरेल साथै तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
भोलि पुन: ४ जना सचिवले धारणा राख्ने र प्रस्तावित एजेन्डामा अघि बढ्ने पनि उनले जानकारी गराए । भोलि बाँकी ४ जना सचिवले कुरा राखेपछि प्रस्तावित ११ वटा एजेण्डामा छलफल हुने उनले जानकारी दिए ।
बैठकको बीचमा अध्यक्ष ओलीले दिशानिर्देशन गर्ने काम पनि भएको उनले बताए ।
प्रकाशित मिति : May 23, 2026 at 6:38 pm









