८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्छः सभापति थापा

८ जेठ, सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन् ।

आज सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखे । सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : May 22, 2026 at 5:28 pm