१६ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
८ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को बिन्दुमा बन्द भएको छ । यस दिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।
आज ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४३ करोड ९५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज क्रेस्ट माइक्रेफाइनान्स लघुवित्तको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन १४.८१ प्रतिशतले बढेको छ । आज मूल्य धेरै गुमाउनेमा म्युचुअल फन्ड र डिबेन्चर अगाडि रहेका छन् ।
प्रकाशित मिति : May 22, 2026 at 3:28 pm









