१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेप्सेमा कालिन्चोक हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

८ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीकाे सर्वसाधारणलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता सेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई पहिलाे काराेबारकाे लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आउँदो सोमबा स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

प्रकाशित मिति : May 22, 2026 at 1:02 pm