२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

रिलायबल समृद्धि योजना–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

८ जेठ,काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सो योजनाको इकाई खरिदका लागि जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग समयपश्चात निष्काशन बन्द गर्न लागेको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिएको कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : May 22, 2026 at 11:37 am