मिथिला लघुवित्तको सीईओमा मिश्र नियुक्त
८ जेठ, काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नगेन्द्र मिश्र नियुक्त भएका छन् । जेठ ७ गते बसेको संस्थाको सञ्चालक समितिको २८८ औं बैठकले मिश्रलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई जेठ ७ गतेदेखि लागू हुनेगरी आगामी १ वर्षका लागि सीईओ नियुक्त गरिएको हो ।
प्रकाशित मिति : May 22, 2026 at 10:27 am









