७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बालेनलाई संसदमा आएर सम्बोधन गर्न आशिकाको अपिल

७ जेठ, काठमाडौँ । सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई संसदमा आएर सम्बोधन गर्न रूलिङ गर्न नसकेपछि राष्ट्रिय स्वतन्त्रता पार्टीको तर्फबाट धादिङ २ बाट प्रतिनिधिसभामा विजयी आशिका तामाङले प्रधानमन्त्री बालेनलाई संसदमा आएर सम्बोधन गर्न अपिल गरेकी छिन । आशिकाले रास्वपाकै संसदीय दलको नेता समेत रहेका बालेनलाई सम्बोधनका लागि अपिल गरेकी हुन ।

प्रधानमन्त्रीको सम्बोधन माग्दै विपक्षी दलले संसदमा निरन्तर अबरोधको अवस्था सिर्जना भएपछि फेसबुकमा सक्रिय प्रधानमन्त्री बालेनलाई आशिकाले फेसबुकबाटै संसदमा आएर एक पटक सम्बोधन गरिदिन अपिल गर्नुभएको हो ।

उहाँले फेसकुबबाट भन्नुभएको छ, ‘प्रधानमन्त्री आउनुभएन भनेर २ घण्टासम्म संसद् अवरुद्ध । एकपल्ट प्रधानमन्त्रीज्यूले संसदमा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी संसद्हरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो ?’ उहाँले प्रतिक्रियामा गएर थप्नुभएको छ, ‘विपक्षीले हरेक दिन उभिरहन्छ, विरोध गरिरहन्छन्, त्यसरी विरोध गरेपछि सदन चल्दैन रहेछ अनि ३ घण्टामा सकिने सदन ६ घण्टासम्म सकिँदैन😐️ सदन बाहेक हाम्रो परिवार पनि छ र जिम्मेवारी पनि छ😐️

प्रकाशित मिति : May 21, 2026 at 5:57 pm