७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एमालेले मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने

७ जेठ, काठमाडौ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने भएकाे छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हाे ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङले कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका छन्।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।

प्रकाशित मिति : May 21, 2026 at 4:38 pm