प्रतिपक्षीहरूले सदन अवरूद्ध गरेपछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार गए सभामुख
७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजी गरेपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
प्रतिपक्षीहरूले नियमावली कार्यान्वयन निम्ति दबाब दिन संसद बैठक अवरूद्ध गरेपछि सभामुख अर्याल बैठक स्थगन गरी प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन्।
प्रकाशित मिति : May 21, 2026 at 4:09 pm









