१२ अंकले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
७ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ को विन्दुमा पुगेको छ। आज ३४८ कम्पनीको ८७ लाख ९ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज अपर लोहरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : May 21, 2026 at 3:27 pm









