७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

१२ अंकले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

७ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ को विन्दुमा पुगेको छ। आज ३४८ कम्पनीको ८७ लाख ९ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज अपर लोहरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति : May 21, 2026 at 3:27 pm