सेयर बजार घट्दा आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
७ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ को विन्दुमा पुगेको छ। आज ३४८ कम्पनीको ८७ लाख ९ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज अपर लोहरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ । त्यस्तै, झापा इनर्जीको सेयर मूल्य ८.१२ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : May 21, 2026 at 3:17 pm









