७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे ओलीले गराइन् सरकारको ध्यानाकर्षण

७ जेठ, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान काटिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले केन्द्रलाई बलियो बनाउने र स्थानीय तहलाई कमजोर बनाउने गरी सरकार अघि बढ्न नहुने धारणा राखिन् ।

वित्तीय समानीकरण अनुदानलाई खर्च कटौती गर्ने सजिलो शीर्षकका रूपमा नहेर्न उनले आग्रह गरिन् । “यदि सरकार वास्तवमा जनताको आवाज प्रतिनिधित्व गर्ने र वित्त सुशासन दिने दाबी गर्छ भने सबैभन्दा पहिलो वित्तीय सङ्घीयताको सम्मान गर्नुपर्छ”, उनले भनिन् ।

प्रकाशित मिति : May 21, 2026 at 2:35 pm