सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सो माग गरेका हुन् । प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनको भनाइ छ ।
राईले केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको भए पनि सरकारले सदनको मर्यादा पालना नगरेको र परम्परा तोडने नाममा संसद्को मर्यादा पालना नगरेको आरोप लगाए ।
प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य नरोकिने भएकाले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने राईले बताए ।
प्रकाशित मिति : May 21, 2026 at 12:47 pm









