६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

लाभांश प्रस्ताव पारित गर्दै सानिमा जिआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

६ जेठ, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा कम्पनीको आठौं सभा सम्पन्न भएको हो ।

सभामा कम्पनीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरी वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ। त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन भएको हो ।

साथै कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद सेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न र बोनस सेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिन बूक क्लोज गरेको थियो ।

प्रकाशित मिति : May 20, 2026 at 4:35 pm