समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
६ जेठ, काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । वैशाख २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरविवि मर्चेन्ट बैंकिङलाई जेठ ३ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
याेसँगै संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट बैंकिङले गर्नेछ ।
प्रकाशित मिति : May 20, 2026 at 2:07 pm









