६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

पोखरास्थित सेन्ट्रल एक्सचेञ्ज काउन्टरको मनिचेञ्जर इजाजतपत्र खारेज

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले कास्कीको पोखरा(६ मा सञ्चालित सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै  परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि अनुमति प्राप्त उक्त कम्पनीको इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्ने निर्णय गर्दै मनिचेञ्जर इजाजतपत्र खारेजीका लागि स्वैच्छिक रूपमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ बमोजिम इजाजतपत्र खारेज गरिएको हो ।

राष्ट्र बैंकको वैशाख ३० गतेको निर्णयअनुसार अब उक्त संस्थाले विदेशी मुद्रा खरिदसम्बन्धी कुनै पनि कारोबार गर्न नपाउने भएको छ । राष्ट्र बैंकले मनिचेञ्जर व्यवसाय सञ्चालन गर्ने संस्थाहरूलाई प्रचलित कानुन तथा विनियमावलीअनुसार मात्रै कारोबार गर्न समेत सचेत गराएको छ ।

प्रकाशित मिति : 10:33