५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नेप्से घट्ने क्रम जारी, ३ अर्ब ८ करोडको कारोबार

५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ६.५१ अंकले घटेर २७२४.३९ को बिन्दुमा बन्द भएको छ । मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । यस दिन १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज सिटी होटलको सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २३ करोड ५३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हाे ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ। सिटि होटलको सेयरमूल्य यस दिन सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।

प्रकाशित मिति : 15:23