नयाँको नाममा सबै भत्काउँदै जाने हो भने सिंहदरबार, प्रधानमन्त्री पद पनि भत्काऊँः अमरेश सिंह
५ जेठ, काठमाडौं । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाउनुभएकाे छ । मंगलबार प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सिंहले सरकारले परम्परा तोड्ने नाममा गर्नै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको बताउनुभयाे ।
सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ। यो २० वर्षको कार्यकालमा म पहिलोचोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दै छ कि । यो कस्तो परम्परा सुरुआत हुँदै छ ? नयाँको नाम सबै भत्काउने होइन । त्यसो भए सिंहदरबार पनि भत्काऊँ, प्रधानमन्त्री पद पनि भत्काऊँ, मन्त्री पनि भत्काउँ, सबै चिज परिवर्तन गरौं न’
प्रकाशित मिति : 14:33









