५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रतिनिधिसभा बैठकमा हर्क साम्पाङले आज पनि देखाए पर्चा

५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम  संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाउनुभएको छ । हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गर्नुभएका हो ।

 बैठक सुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका साम्पाङले उठेर पर्चा देखाउनुभएको थियो । साम्पाङले नियम १५ को ३ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जबाफदेही बनाउन माग गर्नुभएको थियो । उहाँले सदनदेखि भाग्न नमिल्ने लेखिएको पर्चा प्रदर्शन गर्नुभएकाे थियाे ।

सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बस्नुभएको थियो । त्यसपछि बैठक अघि बढेको छ ।यसअघि हिजो बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध गरेको थियो ।

प्रकाशित मिति : 11:44